२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


एमालेको औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य


0
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुनलाई अनिवार्य गरेको छ । एमाले ताप्लेजुङले शनिबार विधान संशोधनबारे राय सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा पनि पार्टी निर्देशनअनुसार कार्यक्रम गरिएको छ । ‘केन्द्रीय निर्देशनअनुसार हामीले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुनलाई अनिवार्य गरेका हौं,’ एमाले जिल्ला सचिव दीपेन पोमूले भने ।

नेकपा एमालेको २५ साउन २०७८ को केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संसोधनसम्बन्धी प्रस्तावमा तल्ला तहका कमिटीको राय लिन छलफल कार्यक्रम गरिएको एमालेका केन्द्रीय सदस्य तिलकुमार मेन्याङवोले बताए । विधानको प्रस्तावना, परिभाष, विधान महाधिवेशनर राष्ट्रिय महाधिवेशनसम्बन्धी व्यवस्था, केन्द्रीय कमिटी महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय अनुशासन, लेखा परीक्षण र निर्वाचन आयोगसम्बन्धी व्यवस्थासहितका विष्यमा अगुवा कार्यकर्ताको सुझाव संकलन गरिएको एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले जानकारी दिए ।

नागरिक