Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


गाउँका बासिन्दाका लागि बैंकिङ सेवा पनि विकट !


0
Shares

धनकुटा । नेपालका ग्रामीण क्षेत्रका नागरिकले शहरी क्षेत्रको नागरिकभन्दा औसतमा एक घण्टा ५९ मिनेट टाढा मात्र वैकिङ्ग सेवा प्राप्त गर्ने तथ्याङ्क सार्वजनिक गरिएको छ ।

नेपाल राष्ट्र वैङ्क विराटनगरले धनकुटामा आयोजना गरेको कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

आर्थिक तथ्याङ्कको महत्व उपादेयता तथा तथ्याङ्क संकलनका समस्याहरु विषयक गोष्ठीमा दिइएको जानकारी अनुसार शहरी क्षेत्रका नागरिकलाई वैङ्कको पहुँच सोह्र मिनेट रहेपनि ग्रामीण क्षेत्रका नागरिकका लागि भने एक सय पैतिस मिनेट अर्थात दुई घण्टा १५ मिनेटको दुरीमा मात्र वैकिङ्ग सेवाको पहँुच रहेको तत्थ्याङ्क सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार करिव ८१ प्रतिशत घरपरिवार आधा घण्टाभन्दा कम दुरीमा वित्तिय पहुँचमा रहेको देखिएको छ ।

यसैगरि सवैभन्दा वित्तिय पहुँच कम भएका क्षेत्रमा हिमाली क्षेत्र देखिएको छ । सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिमाली क्षेत्रका नागरिकको वित्तिय क्षेत्रमा १७ प्रतिशत मात्र पहुँच भएको देखाएको छ भने पहाडी क्षेत्रको ४५ र तराई क्षेत्रका नागरिकको ७५ प्रतिशत वित्तिय क्षेत्रमा पहुँच भएको देखिएको छ ।

यसैगरी प्रदेश नं १ मा जम्मा १ सय ३७ स्थानीय तह रहेकोमा ताप्लेजुङ्गको मिक्वाखोला गाँउपालिकामा मात्र वैकिङ्ग सुविधा नपुगेको र वाँकी सवैमा वैकिङ्ग सेवा पुगेको जनाइएको छ ।

मिक्वाखोलामा भने सुरक्षा, यातायात र भौगोलिक अवस्थाका कारण वित्तिय सेवा पुग्न नसकेको बताइएको छ ।