७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


बलात्कार प्रयासको आरोपमा वडा अध्यक्ष पक्राउ


0
Shares

सप्तरी । सप्तरीमा महिलामाथि बलात्कार प्रयासको आरोपमा एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्वर–१२ का अध्यक्ष लक्ष्मी साहलाई प्रहरीको विशेष टोलीले आज पक्राउ गरेको हो ।

स्थानीय एक महिलाले आफुलाई जबरजस्ती करणीको प्रयास गरेको भनि साहविरुद्ध दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राजविराजमा राखिएको छ ।