२७ जेष्ठ २०८२, मंगलबार | Wed Jun 11 2025


लोसपा पनि सरकारमा जान इच्छुक


0
Shares

काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘ यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ ठाकुर पक्षले यसअघि प्रस्ताव गरेकाे नयाँ पार्टीकाे नाम शुक्रबार परिवर्तन गरेकाे छ । नयाँ नाम लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) राखिएकाे छ ।

नागरिक