२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


एकताका पक्षमा दबाब दिने नै दबाबमा


0
Shares

काठमाडौं । नेकपा एमालेबाट अलग हुन माधव कुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ ।

पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिाया सुरु गरेका छन् । तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथै दिँदै आएका प्रभावशाली नेताह्रुले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन् । ती नेताहरु पार्टी एकताको पक्षमा भन्दै ओली र नेपाल दुवै पक्षबाट अलग देखिएका छन् ।

ओली र नेपाल दुवैले आआफ्नो बाटो समाउने तयारी गरेपछि थप दबाबमा परेका उनीहरुले शुक्रबार राजधानीमा भेला गर्दै पार्टी एकताका लागि दबबा बढाएका छन् ।

उनीहरुले अध्यक्ष ओलीलाई नेपालसहित प्रतिनिधिसभाका १४ सदस्यमाथि कारबाहीका लागि गरिएको सिफारिस फिर्ता लिएर विवाद समाधानका लागि १० बुँदे समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेता नेपाललाई पनि नयाँ पार्टी दर्ताको प्रक्रिया स्थगन गरेर एकताको पक्षमा आउन उनीहरुले आग्रह गरेका छन् ।

नागरिक