२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


म्याद नाघेको मक्खन घ्यू बनाएर बजारमा


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले गत असोज २६ गते दुग्ध विकास संसथन (डीडीसी) को भण्डारण गृहमा १६ हजार ३ सय किलो बटर (मख्खन) म्याद नाघेको फेला पार्यो । त्यसकाे भोलिपल्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले पनि अनुगमन गर्दा उक्त बटर म्याद नाघेको ठहर गरी रोक्का गर्यो ।

त्यसलाई प्रयोग तथचा बिक्रीवितरण नगर्न डीडीसीको काठमाडौं दुग्ध वितरण आयोजनालँई निर्देशन दियो । तर, त्यसको केही समउपछि खोजबिन गर्दा फेला परेन । बरु कारबाही प्रक्रियाको टुंगो नलाग्दै घिउ बनाएर उपभोक्ताको घर घरमा पठाइसकेको पाइयो । उपभोक्ताको ५० रुपैयाँ छुट दिई ८ सय ५० रुपैयाँमा बिक्री गरेको खुलेको छ । बिक्रेताले प्रतिकिलो ५ प्रतिशत कमिसन पाए ।

डीडीसीले यो घटनामा नियमनकारी निकायको निर्देशनको धज्जी त उडायो नै, जनस्वास्थ्यसँग पनि खेलवाड गरेको पाइएको छ । यसमा नियमनकारी निकाय काठमाडौं महानगरपालिका र विभाग पनि उत्रिकै जिम्मेवार देखिन्छन् । अखाद्य अवस्थामा भेटिएको वस्तु बरामद गर्नुपथ्र्यो ।

तर, ‘विश्वास’ मा त्यक्तिकै छाडिदिए । यी दुवै निकायले नष्ट गरेको भए उक्त बटर घिउ बनेर तपाईं हाम्रो भान्छासम्म आइपुग्ने थिए । उक्त बटरको बजार मूल्य ८ करोड १८ लाख रुपैयाँ पर्छ । डीडीसीले पोखरास्थित सुजल डेरीबाट १ लाख १५ हजार किलो खरिद गरेकोमा १६ हजार ३ सय किलो म्याद नाघेको भेटिएको हो । खाद्य ऐन २०२३ अनुसार ‘कैफियत’ भेटिएको अवस्थामा तत्काल ‘शिलबन्दी वा जफत गरी’ कारबाही थाल्नुपथ्र्यो । तर, त्यसो नगर्दा उपभोक्ताको ज्यानलाई जोखिममा पार्ने ‘मौका’ डीडीसीले पायो ।

अन्नपूर्ण