२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


मलाई हजुरबुबाले बलात्कार गरेको गुनासो बुबालाई गर्दा उहाँले समेत बलात्कार गर्नुभयो : हाम्रो समाज (भिडियो सहित)


0
Shares

सन्दीप पौडेल (ईमेज)

काठमाडौं, मंसिर २३ । बुवा र हजुरबुवाबाट पटक–पटक बलात्कृत भएकी एक यौनहिंसा प्रभावित महिला भन्छिन्, मेरो नागरिकतामा पिता भनेर बलात्कारीको नाम छ त्यो देख्ने बित्तिकै म काँम्न थाल्छु ।

उनको प्रश्न छ, राज्यले मलाई आमाको नाममात्र भएको नागरिकता किन दिन सक्दैन ?

जाडोले लगलग काँपिरहेकी नौ बर्षकी उनलाई हजुरबुवाले माथि खाटमा सुत्न आईज भने । हजुरबुलाले माया गरेको सम्झेर उनी गईन । तर हजुरबुवाले माया होइन बलात्कार गरे ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा एक यौनहिंसा प्रभावित महिलाको आवाज हो यो ।

उनले पहिलो पटक ईमेज च्यानलको कार्यक्रम सम्भाष मार्फत आफुले भोगेको आर्थिक, सामाजिक, यौनिक हिंसा सार्वजनिक गरिन् ।

आफुलाई हजुरबुवाले बलात्कार गरेको कुरा उनले आमालाई सुनाईन अनि बुवालाई पनि भनिन् । तर बुवाले  उल्टै बलात्कार गरे ।

हजुरबुवाबाट बलात्कृत उनी १४ वर्षकी भएपछि बुवाबाट पनि बलात्कृत भएकी हुन् । त्यो कुरा उनले पटक–पटक आमालाई भनिन् ।

बलात्कार गर्ने हजुरबुवाले आत्महत्या गरे भने बुवा जेलमा छन् । तर त्यो पीडाबाट निस्कन उनलाई अहिले पनि गाह्रो भईरहेको छ ।

बलात्कार विरुद्धको अभियानमा लागेकी उनी प्रश्न गर्छिन । म मेरो नागरिकता लगायतका सबै सर्टिफिकेटमा कहिलेसम्म बलात्कारी पिताको नाम बोकेर हिडौँ ।

आमाको नामबाट नागरिकता दिन राज्यले कन्जुस्याँई गरिरहँदा बुवाबाटै बलात्कृत तथा बलात्कार पछि रहेको गर्भबाट जन्मिएकाहरुले नागरिकतामा पिताको स्थानमा बलात्कारीकै नाम राखेर हिड्नु परिरहेको छ ।