Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


अध्यादेशको विरोध गर्दै गगनले भने–ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेलाई विरोधको छूट छैन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेशको ओली र उनका समर्थकले विरोध गर्ने कुनै पनि नैतिक आधार नभएको बताउनुभएकाे छ ।

थापाले गत वर्ष वैशाखमा संसद छलेर दल विभाजनसम्बन्धी अधयादेश ल्याउने ओली, समर्थन गर्ने मण्डली र जारी गर्ने राष्ट्रपतिलाई अध्यादेशको विरोध गर्ने अधिकार नभएको बताउनुभएको हो ।

‘संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन्’, थापाले लेख्नुभएको छ ।

उहाँले हठात संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गर्नुभयाे । थापाले ट्विटरमा लेख्नुभएको छ, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत ।’

उहाँले हिजो ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा विरोध गर्ने कोहीलाई आज यसको समर्थन गर्ने छुट नभएको बताउनुभयो । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने थापाको भनाइ छ।