Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कम्युनिष्ट आन्दोलनभित्रको निरंकुश, आत्मसमर्पण र फाँसीवादी तत्वलाई हराइयो–दाहाल


0
Shares

काठमाडौं, भदौं २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन र विसर्जनको खतरा औल्याउनु भएको छ ।

शहीद रामवृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरमा गरिएको कार्यक्रममा दाहालले विसर्जनबाट जोगिने हो भने विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

शान्ति सम्झौता आएपछि र संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको उहाँको भनाइ छ । कम्युनिस्ट आन्दोलनलाई अझै एकतावद्ध बनाउन आफूहरु लागिपर्ने उहाँले बताउनुभयो ।

कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

हालसम्मका सम्पूर्ण उपलब्धीलाई धराशायी गर्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा देखा परे पनि त्यसविरुद्ध निर्मम संघर्ष गरेर तत्कालका लागि विजय पाएको भन्दै उहाँले जस्तोसुकै मूल्य चुकाउन परे पनि नजितेसम्म नछाड्ने संकल्प लिएकाले सफल भएको जिकीर गर्नुभयो ।