
काठमाडौं । सत्तारुढ नेकपाको सचिवाल बैठक आज बस्दैछ । कार्यकारी अधिकार पाएपछि अध्यक्ष पुष्पकमल दाहालले दोस्रो पटक सचिवालय बैठक बोलाएका हुन् ।
पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा जनपरिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
अध्यक्ष दाहालले पार्टी पंक्तिलाई परिचालन गर्ने पाँच महिने कार्ययोजना बनाएलगत्तै सचिवालय बैठक बोलाएका हुन् ।
त्यसैगरी बैठकमा उपनिर्वाचनको समीक्षासमेत गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्