
काठमाडौं । योगदानमा आधारित सामजिक सुरक्षा कोषमा जानका लागी सबै प्रतिष्ठानलाई आगामी माघबाट अनिवार्य गरिने सामाजिक सुरक्षा कोषले जनाएको छ ।
सामाजिक सुरक्षा कोषमा पटक पटक म्याद थप्दा समेत रोजगारदाता न्युन संख्यामा मात्रै सहभागी भएकोले आगामी पौष मसान्तसम्ममा सबै कम्पनी तथा प्रतिष्ठानलाई कोषमा सहभागी हुन आग्रह गर्ने र सो समय सम्म पनि कोषमा दर्ता नभएकाको नविकरणको काम पनि रोक्ने कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए ।
कोषमा हालसम्म ११ हजार ७ सय ५५ जना रोजगारदाता, १ लाख ३०९ हजार श्रमीक तथा २५ करोड ६२ लाख बढि योगदान रकम संकलन भईसकेको छ ।
कोषले केही दिनमा नै निजि क्षेत्रहरुसँग पुन छलफल गरि कोषमा दर्ता हुनको लागी पहल गर्ने पनि जनाएको छ ।
कतिपय कम्पनीहरुले कोषमा दर्ता भएपनि श्रमीक समावेश गरेका छैनन् भने कतिपय प्रतिष्ठान दर्ता भएपनि योगदान भने नगरेको कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्