काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ ।
फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ ।
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी प्रकट गरेको हो ।
निरन्तरतको झरीले ल्यान्डफिल्ड साइट पुगने सडक बिग्रिएको र मर्मतका लागि समय लाग्ने भन्दै महानगरले घरबाट फोहोर बाहिर ननिकाल्न सर्वसाधारणलाई अपिल समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्