२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


आधुनिकताको नाममा लोप हुर्दै सारंगी, संरक्षणमा जुटे गन्धर्व समुदाय


0
Shares

उपेन्द्र खनाल (ईमेज)

तनहुँ, मंसिर २२ । तनहुँको भानु नगरपालिकास्थित नयाँ बस्तीका गन्धर्व समुदाय यतिखेर पुर्खेली पेशा संरक्षणमा जुटेका छन् ।

परापूर्व कालदेखि नै बाबुबाजेले धान्दै आएको पेशा लोप हुन थालेपछि गन्धर्व समुदाय सारंगी निर्माणमा जुटेका हुन् ।

आधुनिक बाजाको बढ्दो प्रयोग र प्रविधिको विकासले पुराना लोकप्रिय बाजाहरु ओझेलमा पर्न थालेका छन् । जसमध्येको सारंगी बाजा लोप हुने अवस्थामा पुगेपछि तनुहुँको भानु नगरपालिकास्थित नयाँ बस्तीका गन्धर्व समुदाय त्यसको संरक्षणमा जुटेका छन् ।

केही गन्धर्व जातिले गीत गाएर गुजारा चलाउँदै आएको भए कतिपयले भने सारंगी निर्माणतर्फ पनि अग्रसरता देखाएका छन् ।

नयाँ बस्तीका २५ घर गन्दर्भ समुदायमध्ये अहिले २० घरका सदस्यले अहिले यो पेसा अँगाल्दै आएका छन् । उनीहरुमध्ये केहीले सारंगी बजाउँदै हिड्छन् भने अन्यल सारंगी बनाउने काम गर्न थालेका छन् । जसबाट उनीहरुको आयस्तरमा समेत वृद्धि भएको छ ।

गन्धर्व सांस्कृतिक समाजका सल्लाहकार कृष्ण गान्दारीले सारंगी बनाएर महिनामा चालिस हजार रुपैयाँसम्म कमाइ गर्दै आएको बताउछन् ।

परम्परागत बाजालाई पुराना पुस्ताले यसलाई निरन्तरता दिए पनि नयाँ पिँढीले बेवास्ता गर्दा संकटमा परेका छन् । त्यसैले यस्ता संस्कृतिको जगेर्ना गर्नेतर्फ गान्धारी समुदायका सदस्यहरु लागे पनि नगरपालिकाको सहयोग भने उनीहरुले अहिलेसम्म पाएका छैनन् ।

लोप हुन लागेका यस्ता बाजाको संरक्षणमा नगरपालिकाले पनि सहयोग गरे थप हौसला मिल्ने सचिन गान्दारीको भनाइ छ ।

साधारण सारंगीलाई सस्तो परे पनि बुट्टा हानेकोलाई भने उनीहरुले महंगोमा बेच्दै आएका छन् । मुस्किलले दिनमा एउटा सारंगी निर्माण गर्दै आएको उनीहरुको भनाइ छ ।