२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


काजकिरियाको ६ वर्षपछि नागरिकता


0
Shares

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा आफ्नो मृत्यु भएको झुटो खबरका कारण ४० वर्षीया सुभास तामाङले ठूलो हैरानी बेहोरेका छन् । परिवारले काजकिरिया गरी मुत्युदर्ता समेत गरेकाले त्यसलाई सच्याएर आफू जीवितै रहेको प्रमाण जुटाउन चार वर्ष लागेको छ ।

उनी जीवितै रहे पनि सरकारी अभिलेखमा २०७२ सालदेखि मृतकको सूचीबाट हटाउँदै नागरिकताको नाम मृतकको सूचीबाट हटाउँदै नागरिकताको प्रतिलिपी उपलब्ध गराएको छ । ‘म जीवितै भएको प्रमाण बल्ल पाएँ,’ उनले भने ‘नेपालमा केही काम पाइँदैन । दुई छोराछोरी र श्रीमती मसँगै आश्रित छन् ।’

अब फेरि मिल्यो भने विदेश नै जाने सोचमा छुु मृतकको सूचीबाट नाम नहट्दा उनले यो अवधिमा सरकारी निकायबाट कुनै काम लिन सकेनन् । भोजपुरको षडानन्द नगरपालिका २ (साविक कुदाककाउले गाविस ९ पुरानो ठेगाना भएका सुभास वैदेशि रोजगारीका क्रममा साउदी अरब गएका थिए । २०७२ असार २५ गते ट्याक्सी दुर्घटनामा उनको मृत्यु भएको खबर आएको थियो ।

अन्नपूर्ण