
काठमाडौं, मंसिर २१ । राष्ट्रिय स्वभिमान र स्वाधिनताको रक्षाको लागि नेपाली कांग्रेस क्षेत्र नम्बर ८ ले आज वसन्तपुरमा धर्नासहित विरोध प्रदर्शन गरेको छ ।
नेपाली भूमिमाथि ठाडो हस्तक्षेप हुँदासमेत सरकार मौन रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । लिपुलेक कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै उनीहरुले सिमाना बचाउन आह्वान गरेका छन् ।
नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले सरकारले मुलुकको हित बिपरित काम गरेको भन्दै सरकारको ध्यानाकर्षणको लागि धर्ना दिएको बताए । मूल्य वृद्धि भएको, भ्रष्टाचार बढेको,लोकतान्त्रिक मूल्य मान्यतामाथि सरकारले प्रहार गरेको आरोप लगाए ।
धर्ना र प्रदर्शनमा स्थानीयबासिन्दाले सरकारले जनचाहना अनुसार काम नगरेको भन्दै आफूहरुका मागको सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्