काठमाडौं, मंसिर २१ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संस्कृतिलाई निरन्तरता दिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
मन्त्री पोखरेलले सरकारले विभिन्न जाती, धर्म र समुदायका संस्कृतिलाई प्राथमिकता दिएर संरक्षण गर्ने बताए ।
१६ औं राष्ट्रिय दिवसबारे जानकारी गराउन ज्यापु संस्कृति विकास कोषका पदाधिकारीसँगको भेटमा मन्त्री पोखरेलले संस्कृतिले नै मुलुक सम्पन्न हुने बताए ।
भेटमा कोषले यही मंसिर २६ गते हुने दिवसमा सहभागी हुन प्रधानमन्त्रीलाई निमन्त्राासमेत गरेको छ ।
हरेक वर्ष मनाइँदै आएको ज्यापु दिवसमा काठमाडौंका नेवार ज्यापुहरुको संस्कृति संरक्षणमा विशेष जोड दिइँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्