२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


नामका मात्र बालगृह, छैन् मापदण्ड (भिडियो)


0
Shares

गृष्माराज भण्डारी र सानु माली (इमेज) 

काठमाडौं, मंसिर २० । राष्ट्रिय बालकल्याण परिषद् र बालबालिका खोज तलास केन्द्रको समन्वयमा जोखिममा परेका बालकालिकाको उद्वारलाई निरन्तरता दिइएको छ ।

हरेक पटको अभियानमा नयाँ–नयाँ तथ्यहरु भेटिने गरेका छन् । बालगृहमा अनुगमन गर्दा देखिएको दृष्यले जो कोहीलाई पनि एक छिन् बेचैन गराउँछ । 

राष्ट्रिय बालकल्याण परिषद् र बालबालिका खोज तलास केन्द्रको समन्वयमा जोखिममा परेका बालबालिकाहरुको उद्वारलाई निरन्तरता दिएको छ । उद्वार गरिएकाको पुर्नस्थापनालाई पनि उत्तिकै महत्व दिइएको छ । यी दुई संस्थाले विभिन्न बालगृहको अनुमनलाई पनि निरन्तरता दिएका छन् ।

यसैक्रममा हालै काठमाडौं कीर्तिपुरस्थित मच्छेयगाउँमा रहेको सत्यसाइ आश्रममा अनुगमन गरिएको छ । आश्रमभित्र विभिन्न ९ जिल्लाबाट ल्याइएका ९ जना बालबालिका भेटिए ।

योग अभ्यासका लागि भनि खोलिएको आश्रममा रहेका बालबालिका क्यामराको अगाडि पर्ने बितिकै आँसु झार्न थाले । सहजै अनुमान लगाउन सकिन्छ यो खुसीको आँशु थिएन ।

यी आँशुले धेरै कुरा बोलिरहेको थियो । विकट जिल्ला हुम्ला, डोल्पादेखि नुवाकोट सम्ममा यी बालबालिकाको अभिभावकबाट आश्रमले १० हजारको दरले लिने गरेको पाइयो । उचित शिक्षा दीक्षा र पालन पोषणको लागि भन्दै आश्रममा ल्याइएको भए पनि यसको भौतिक पूर्वाधार र बन्दोबस्त त्यस अनुकुल थिएन । तर आश्रमका सञ्चालक भने फरक तर्क गर्छन् ।

त्यतिमात्र होइन आश्रममा मसाज गर्नका लागि कोठा समेत राखिएको छ । हाल यो आश्रमलाई राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोज तलास केन्द्रका प्रतिनिधिको निगरानीमा राखिएको छ ।

यो आश्रममात्र होइन मातातीर्थमा रहेको माउण्ट भ्याली स्कूलको नाममा खोलिएको होस्टेलको अवस्था पनि उस्तै छ । हालै ऐश्वर्य बालगृहबाट उद्धार गरिएका दुई बालक पनि यही स्कूलको होस्टेलाम भेटिए ।

आफनै फुफूको साथमा आएका यी बालकहरुलाई अभिभावकको जिम्मा लगाइएकोमा पुनः अभिभावकमार्फत माउण्ट भ्याली स्कूलको होस्टेलमा पुगेका छन् ।

यो स्कूलमा रहेका ३५ जना बालबालिकाको अवस्था पनि निकै नाजुक देखियो । न खानपिनको ब्यबस्था न पढाइ हुने कोठाका उचित बातावरण नत लवाइ खवाइ ।

यो होस्टेल पनि निगरानीमा राखिएको छ । बालगृहहरुको वेथिती पटक–पटक सार्वजनिक भए पनि सुधारका लागि सरकारको तर्फबाट ठोस योजना नआउनु दुःखद विषय हो ।

भिडियो हेर्नुहोस्