Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अतिक्रमणमा रक्सौलस्थित नेपाल रेल्वेको जग्गा


0
Shares

काठमाडौं । वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलमा ९४ वर्षअघि नेपालले तत्कालीन ब्रिटिस इन्डिया सरकारसँग खरिद गरेको जग्गा बेवारिसे बनेको छ । नेपाल सरकारले संरक्षण र उपयोगमा चासो नदिँदा स्थानीयले जग्गा अतिक्रमण गरी बस्ती बसालेका
छन् । बस्तीको नाम ‘नेपाली स्टेसन’ राखिएको छ ।

नेपाल रेल्वेको उक्त जग्गा चार दशकदेखि बेवारिसे छ । यसैकारण सो जग्गा अतिक्रमण गरी बस्ती बसालिएको हो । जग्गाको करिब मध्य भागमा रहेको रेल्वेको भवन जीर्ण भएर भग्नावशेषमा रुपान्तरित हुन थालेको छ ।

‘यो भवनमा टिकट काउन्टर र नेपाल रेल्वेको प्रशासनिक कार्यालय थियो,’ बस्तीको बीच भएर गएको मुख्य सडक देखाउँदै रक्सौलका नागरिक अगुवा महेशकुमार अग्रवालले भने, ‘यो नेपालतिर जाने रेल हिँड्ने लिक हो ।’ तत्कालीन नेपाल रेल्वेको अभिलेखअनुसार १६ बिघा १ कट्ठा ४ धुर क्षेत्रफल रहेको उत्त जग्गामा पुग्न नेपालले खरिद गरेको आफ्नै बाटो छ । सोही बाटो भएर उक्तमा पुग्न सकिन्छ ।

नागरिक

Skip This