२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


जिम्बाब्बेमा मुगाबेको सहभागिताविनै राष्ट्रपतीय निर्वाचनमा ७५ प्रतिशत मत खस्यो


0
Shares

काठमाडौं । जिम्बाब्बेमा पूर्व राष्ट्रपति रोवर्ट मुगाबेको सहभागिताविनै सम्पन्न पहिलो राष्ट्रपतीय निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ ।

निर्वाचनमा सत्तारुढ जानु पीएफ पार्टीका वर्तमान राष्ट्रपति इमर्सन एमनान्गाग्वा र विपक्षी नेता नेल्सन सामिसाबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अन्तिम परिणाम पाँच दिनभित्र आउने अधिकारीहरुले बताएका छन् ।

२३ जना उम्मेदवार मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके आगामी सेप्टेम्बर ८ मा दोस्रो चरणको निर्वाचन हुनेछ ।

निर्वाचन पर्यवेक्षणका लागि सयौं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु खटिएका थिए ।

गत वर्ष सेनाले सत्तामा नियन्त्रण कायम गरेपछि मुलुकको संस्थापक राष्ट्रपति मुगाबेलाई अपदस्थ गरिएको थियो ।

करिब ४ दशकसम्म मुगाबेको नेतृत्वमा रहेको जिम्बाब्बे अहिले चरम आर्थिक संकटसंग जुधिरहेको छ ।

यहाँको बेरोजगारी दर ९० प्रतिशत माथि रहेको बताइन्छ ।(एजेन्सी)