प्रदेश १ को प्रदेशसभा बैठक केही बेरमा बस्दै « Image Khabar


प्रदेश १ को प्रदेशसभा बैठक केही बेरमा बस्दै


Border circle
Imagekhabar

काठमाडौ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक केही बेरमा बस्दैछ । आज बोलाइएको बैठकमा कृषि अनुदानसम्बन्धी विधेयक पेस हुने र त्यसमा छलफल हुने जनाइएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम र बजेट पास गरेसँगै बैठक स्थगन गरिएको थियो । सरकारले बिजनेस दिन नसकेका कारण असार २५ गते यता बैठक बस्न सकेको थिएन ।

यता, संघीय सरकारमा नेतृत्व परिवर्तन भएसँगै प्रदेश नं १ मा पनि सरकार फेरबदल गर्न विपक्षी गठबन्धनले तयारी गरिरहेको छ ।

तर, शेरधन राई नेतृत्वको सरकारको विकल्प दिन अविश्वास प्रस्ताव ल्याउने तयारी गरिए पनि यसको प्रक्रिया र तयारीको विषयमा विपक्षी दलले स्पष्ट गरिसकेका छैनन् ।

त्यस्तै मुख्यमन्त्री राईले भने सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा जवाफ दिने क्रममा यही अधिवेशनबाट प्रदेशको नाम टुंग्याउनु पर्ने प्रस्ताव गरे पनि छलफल भने प्रारम्भ गर्न सक्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्