१७ जेष्ठ २०८०, बुधबार | Thu Jun 1 2023


‘फेक रेस्क्यु’ मा संलग्न २० संस्थालाई कारबाहीको सिफारिस


0
Shares

                                      प्रतीकात्मक तस्वीर

काठमाडौं, साउन १५ । पदयात्री पर्यटकलाई नक्कली बिरामी बनाएर उद्धार गरी बिमाबाट रकम असुल्ने धन्दा अर्थात ‘फेक रेस्क्यु’ मा संलग्न २० संस्थालाई कारबाहीको सिफारिस गरिएको छ ।

फेक रेस्क्यु गराएर पुनर्बिमा कम्पनीसँग लाखौं रकम असुल गर्ने संगठित गिरोहलाई कारबाही गर्न सिफारिस गर्दै छानविन समितिले ७ सय पृष्ठ लामो प्रतिवेदनसमेत सरकारलाई बुझाएको हो ।

प्रतिवेदनमा ८ वटा ट्रेकिङ तथा रेस्क्यु कम्पनी, ४ वटा अस्पताल, ३ वटा हेलिकप्टर कम्पनी र ५ विदेशी मुद्रा सटहीको सुविधै नलिएका कम्पनीसहित कुल २० कम्पनीलाई थप छानबिन गरी कारबाहीका लागि सिफारिस गरिएको छ ।

लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक रेस्क्यु गराएर ठूलो धन्दा चलाइ नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको तथ्य सार्वजनिक भएपछि सरकारले छानबिन थालेको थियो । –कारोबार दैनिकबाट