Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


न्यायपरिषदद्वारा सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा


0
Shares

काठमाडौं, मंसिर १७ । न्याय परिषद्को मंगलबार बसेको बैठकले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ ।

परिषद्को बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो । 

जसअनुसार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुर, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुम, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बु, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पा, सर्वोच्चकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापाका लागि न्यायाधीश सिफारिस भएकी छिन् ।

यसैगरी बैठकले सर्वोच्चकी उपरजिष्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उपरजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गरेलगत्तै उनीहरु मुकाममा खटिने छन् ।

परिषद बैठकले अरु पाँच जना न्यायाधीशको सरूवा पनि गरेको छ । भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा, दोलखाका तेजबहादुर खड्का मोरङमा र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवा गरिएको छ ।