Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


निलेको तीन दिनपछि निस्कियो सुनको सिक्री


0
Shares

काठमाडौं, साउन १५ । सुनसरीका इटहरी–२ का ३१ वर्षे सुरजकुमार नेपालले विराटनगर–९ स्थित राठी ज्वेलरी हाउसमा निलेको सिक्री तीन दिनपछि दिसाबाट निस्किएको छ ।

सुरजको शरीर एक्स–रे गरेर हेर्दा पेटमा धातु रहेको देखिएपछि सक्कली सिक्री उनले निलेको खुलेको थियो । प्रहरीले सुरजलाई कोसी अञ्चल अस्पतालको आकस्मिक कक्षमा भर्ना गराएर छुट्टै दिसा गर्न लगाई दैनिक सुन खोज्न लगाए पनि आइतबारसम्म दिसामा सुन ननिस्केपछि फेरि एक्स–रे गराएर हेर्दा सुन पेटको केही तल सरेको पाइएको थियो ।

सोमबार बिहान ८ बजे दिसाबाट सिक्री निस्किएको थियो । –कान्तिपुर दैनिकबाट