२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


चीनका ३२ वटा एनजिओ नेपाल भित्रिए


0
Shares

काठमाडौं, साउन १५ । उत्तरी छिमेकी चीनका गैर सरकारी संस्था (एनजीओ) पहिलो पटक नेपाल भित्रिएका छन् ।

शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकासलगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजिओ विधिवत रुपमा नेपाल भित्रिएका हुन् ।

आइतबार समाज कल्याण परिषद र चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जका सदस्यबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । –नागरिक दैनिकबाट