
काठमाडौं, साउन १४ । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानीमा जोड दिने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदूत साइगोको स्वागतमा सोमबार दूतावासका उच्चस्तरीय कूटनीतिकमन्डलको सहभागितामा गरेको नेपाल–जापान आर्थिक सम्बन्ध विषयक छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
नेपालले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’कारुपमा मनाउन गइरहेकाले यसमा सघाउन जापानले पर्यटन क्षेत्रमा टेवा पुग्नेगरी आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गर्ने पनि उनले उल्लेख गरे ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा स्थीर सरकार बनेको समयमा भएको उनको नियुक्तिले नेपाल र जापानबीचको व्यापारिक सम्बन्ध नवीन तरिकाले अगाडि बढ्ने आशा नेपाली व्यवसायीहरुले गरेको बताए ।
विशेषगरी कृषि नै नेपालको आर्थिक विकासको आधार भएकाले कृषिको आधुनिकीकरण र वैज्ञानिकीकरणमा जापानको प्राविधिक तथा आर्थिक सहयोग र लगानी महत्वपूर्ण हुने पनि श्रेष्ठले बताए ।
यसैबीच, सोमबारै नेपाल-चाइना चेम्बर अफ कमर्स र चीनको हेनान राज्य उद्योग वाणिज्य महासंघबीच द्विपक्षीय सहकार्यसम्बन्धी चारबुँदे समझदारी पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्