२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


सुनको भाउ सामान्य ओरालो लाग्यो, चाँदीको स्थीर


0
Shares

काठमाडौं, साउन १४ । सोमबार सुनको भाउ सामान्यदरले ओरालो लाग्यो भने चाँदीको स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर तोलाको ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलाको ५६ हजार ५०० रुपैयाँमा स्थीर रहेको थियो ।

चाँदीको भाउ भने यसदिन पनि तोलाको ७४० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।