Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग


0
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।

काठमाडौंको बबरमहलमा अनेरास्ववियूको केन्द्रीय कमिटीद्वारा आयोजित अखिल फोर्सको वृहत् भेलालाई सम्बोधन गर्दै नेपालले महाकालीमा एउटा निर्दोष मानिसको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो ।

‘महाकालीमा भएको घटनाले मलाई दुःखी तुल्याएको छ,’ उहाँले भन्नुभयो, ‘महाकाली घटनाको छानविन गर्न नेपाल र भारत सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही गर्न माग गर्दछु ।’

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

यस्तै उहाँले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई खोपको वचनमात्र नदिएर काममा ध्यान दिन सुझाव दिनुभयो । जनतालाई दिएको वचनप्रति प्रतिबद्ध भएर काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।