Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


दाङमा नेकपाकी विमला ओली ५१ सय बढी मतले विजयी


0
Shares

-विवेक खड्का/ईमेज 

दाङ । दाङ क्षेत्र नम्बर ३(ख) को प्रदेशसभा सदस्यमा विमला ओली निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार ओलीले ५ हजार एक सय ४ मतान्तरले चुनाव जितेकी हुन् ।

आइतबार साँझ सकिएको मतगणनाअनुसार ओलीले २४ हजार २ सय ८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव राज शर्मा ले १९ हजार १ सय ८२ मत पाएका छन् ।

आइतबार राती १२ बजे मतगणना मतगणना अनुसार राप्रपाका भुपाल रावतले २ सय २५,राप्रपा संयुक्त छोटीलाल थारुले १ सय ३८, नेकपा मालेका हरिप्रसाद डांगीले १ एक सय ३ ,साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०,लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन भने कांग्रेस बिपी पार्टीका दिपक कुमार धितालले २ मत प्राप्त गरेका छन ।

त्यस्तै स्वतन्त्र उम्मेदवार गोबिन्द केसी २ र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले ४ मत प्राप्त गरेका छ्न ।