२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


बेपत्ताको अवस्था नखुल्दा आफन्त थप पीडामा


0
Shares

काठमाडौं । ‘मम्मी १ मलाई भेट गर्न किन आउनुहुँदैन । तत्कालै भेट गर्न आउनुभएन भने हजुरले मेरो मुख पनि हेर्न पाउनुहुनेछैन् । म बाघको पन्जामा छु ।

सायद त्यो बाघले खेलाई ( खेलाई कति खेर खान्छ थाहा छैन् ।’ नेपाली सेनाको छिन्चुस्थित ब्यारेकबाट दीपा वलीले लेखेको चिठीको अंश हो यो । नेपालमा चलेको सशस्त्र द्वन्द्वका क्रममा २०६० साउन २३ गते तत्कालीन शाही नेपाली सेनाले वीरेन्द्रनगरकी वलीलाई पक्राउ गर्यो ।

नेपाली सेनाको छिन्चुस्थित ब्यारेकबाट दीपाले असोज ९ गते लेखेको चिठी उनको परिवारले कात्तिक १२ गत प्राप्त गर्यो । आठ कक्षा पढ्दै गरेकी दीपा तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी हुँदा १४ वर्षकी थिइन् ।
नागरिक