२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


दुर्गा प्रसाइँलाई कारबाही र गगन थापाले माफी माग्नुपर्ने माग


0
Shares

काठमाडौं, साउन १४ । मेडिकल शिक्षा पढ्न बंगलादेश जाने नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका झापाको बी एन्ड सी अस्पतालका अध्यक्ष दुर्गा प्रसाइँलाई कारबाहीको माग गर्दै बंगलादेशमा एमबीबीएस पढ्ने छात्राहरुले धर्ना दिएका छन् ।

बंगलादेशमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको संघले सोमबार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै प्रसाइँलाई कारबाही नभएसम्म धर्ना जारी राख्ने जनाएको हो ।

बंगलादेश जाने छात्राहरुको कलेजका प्राध्यापकहरुले नै शारीरिक शोषण गर्ने गरेको दाबी प्रसाइँले गरेका थिए ।

यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापालेसमेत गलत अभिव्यक्ति दिएको भन्दै उनीहरुले थापाले पनि माफी माग्नुपर्ने माग गरेका छन् ।

उनीहरुले यही साउन १७ गते बंगलादेशको ढाकामा सांकेतिक विरोध गर्ने र १८ गते दूतावासअगाडि धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ ।

बंगालादेश जाने छात्राहरुप्रति विवादस्पद अभिव्यक्ति दिएका कारण कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा नै दिनुपरेको थियो ।