 
	    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई दिनुभएको छ ।
प्रधानमन्त्री पदमा नियुक्त भएको दुई सातापछि देउवालाई चिनियाँ प्रधानमन्त्रीले बुधबार बधाई सन्देश पठाउनुभएको हो । चिनियाँ प्रधानमन्त्रीले मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उल्लेख गर्नुभएको छ ।
‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्याउन मिलेर काम गर्न चाहेको बताउनुभएको छ’, राजदूत होउ यान्छीले ट्विटरमा लेख्नुभएको छ ।
देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनभएको थियो । उहाँले साउन ३ गते संसदबाट विश्वासको मत लिनुभएको थियो । संसद्बाट विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना शन्देश पठाउनुभएको थियो ।
यसैबीच चीनको सरकारी समाचार संस्था सिन्ह्वाले ली खछ्याङले कोरोना महामारीको चुनौतीहरू पार गर्न, बीआरआई परियोजना प्रवर्द्धन, विभिन्न क्षेत्रमा पारस्परिक लाभदायक सहयोग विस्तार, र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा गरेको जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्