कास्की, मंसिर १५ । प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पनि मत गणना जारी छ ।
आयोगले दिएको पछिल्लो जानकारी अनुसार नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।
उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६२२ मत ल्याएका छन् ।
त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।
निर्वाचन आयोगका अनुसार ७१ हजार आठ सय ७१ जना मतदाता रहेको कास्कीमा ६५ प्रतिशत मत खसेको थियो ।









प्रतिक्रिया दिनुहोस्