काठमाडौं, मंसिर १५ । दमकको बेलडँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीय साबित्री गुरुङले ०७४ कातिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाउँ भन्दै निवेदन दिइन् ।
राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगतै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् ।
निवेदन आएकै दिन जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उनीहरुलाई लोग्नेस्वास्नीको मान्यता दियो ।
तिनै साबित्रीले एक महिनापछि ०७४ मंसिर २६ गते जिल्ला अदालत भक्तपुरमा खग्रेन्द्र बलम्पाकीसँग लोग्नेस्वास्नीको नाता कायम गरीपाउँ भन्दै अर्को निवेदन दिइन् ।
यो निवेदनमा भने उनले झापाबाट भक्तपुरस्थित मामको घर आउनेजाने क्रममा फोन तथा फेसबुकबाट कुराकानी हुँदै खग्रेन्द्रसँग प्रेम सम्बन्ध स्थापित भएर बिहे भएको विवरण लेखेकी छन् ।
उनले ०७४ वैशाख २८ मा आफूहरुले बिहे गरेको पनि उल्लेख गरेकी थिइन् । यता पनि निवेदन दिएकै दिन जिल्ला न्यायाधीश महम्मद जुनैद अजादको इजलासले साबित्री खगेन्द्रलाई लोग्नेस्वास्नी मान्यता दियो ।
अदालतमा एकिकृत सूचना प्रणाली अभाव रहेको फाइदा उठाउँदै साबित्रीले करिब एक महिनाको अन्तरमा लुई जिल्ला खदालतमा दुई फरक पुरुषसाग बिहे गरेकी थिइन् ।
यसको पछाडि भने ठगी र मानव तस्करीको धन्दा रहेको खुलेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्