२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


नेता नेपाल कम्बोडियाको संसदीय निर्वाचन पर्यवेक्षण गरी स्वदेश फर्किए


0
Shares

काठमाडौं, साउन १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी सोमबार स्वदेश फर्किएका छन् ।

निर्वाचन पर्यवेक्षणकाक्रममा उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकालसमेत गएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट एसिया प्यासिफिक डेमोक्र्याट्स इन्टरनेसनल’को उपाध्यक्ष हुन् । रासस