Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


कास्कीमा मतदान जारी, सुरक्षा व्यवस्था कडा (तस्वीरसहित)


0
Shares

कास्की, मंसिर १४ । क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि शुरु भएको मतदान  जारी छ ।

यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।

प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने भएकाले पनि मतदाता बिहानै मतदान गर्न आएका हुन् ।

यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ । कास्कीका केही मतदान केन्द्र नजिक बम विष्फोटका घटना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।