२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भियतनाममा सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाए


0
Shares

हनोई, साउन १४ । मध्य भियतनाममा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।

विवाहको पार्टीका लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

सो भ्यानमा बेहुलासमेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुलासहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको हो ।

उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए ।

प्रहरीले घटनाकाबारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।

गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष पनि सो संख्या ८ हजार ६०० थियो । एएफपी/रासस