-सरोज अधिकारी/ ईमेज
काठमाडौं, मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन आह्वान गर्न माग गरेको छ ।
सरकारले संवैधानिक निकायमा नियुक्ति सहज बनाउन अध्यादेश ल्याउने तयारी गरेसँगै प्रतिपक्षी कांग्रेसले संसदको अधिवेसन बोलाउन माग गरेको हो ।
गत असोज ११ गते बजेट अधिवेशन रुपमा रहेको अधिवेशन अन्त्य भएपछि अहिलेसम्म संसदको अधिवेशन आह्वान हुने संकेत नदेखिएको भन्दै विपक्षी दल कांग्रेसले अधिवेशन आह्वानका लागि दबाब बढाएको हो ।
कांग्रेसले संसदीय व्यवस्थामा संसद प्रतिपक्षीको हुने भन्दै सरकार आलोचनाबाट बच्नका लागि अधिवेशन टार्ने रणनीतिमा देखिएको प्रतिपक्षीको आरोप छ ।
कृष्णबहादुर महरा बलात्कार अभियोगमा परेपछि सभामुखबाट राजिनामा दिएको अवस्थामा अब संसदको नेतृत्व कस्ले गर्ने भन्ने विषय नटुंग्दिासम्म सत्तारुढ नेकपा संसद अधिवेशन आह्वान गर्ने पक्षमा छैन ।
कांग्रेस केन्द्रीय सदस्य एंव सांसद डा. नारायण खड्का तत्काल संसदको अधिवेशन बोलाउन माग गर्छन् ।
सभामुख को हुने भन्ने आन्तरिक लडाइले जनताको थलो संसद रोक्न नपाइने भन्दै सांसद खड्का तत्काल अधिवेशन बोलाउन माग गर्छन् ।
संसदका दुवै सदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका साथै सांसदहरुले जनताले भोगेका दिनानुदिनका समस्याहरु बारे समेत सरकारको ध्यानाकर्षण गराउने गर्दछन् ।
संसदले सरकारलाई निर्देशन दिने काम गर्छ । कांग्रेस सांसद डा. खड्का कालापानीलगायतका क्षेत्रमा भएको सीमा समस्या, विकास निमार्णमा आएको सुस्तता, बढ्दो महंगीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता रहेको दावी गर्छन् ।
जनतालाई शासन गर्न बनाइने कानुनहरु समेत यही थलोबाट जनताका प्रतिनिधिहरुले बनाउने गर्दछन् ।
संसदलाई सत्ता र प्रतिपक्षीले आरोप प्रत्यारोपको थलो मात्र नबनाइ साच्चै जनताको पक्षमा प्रयोग गर्ने हो भने संसदको अधिवेशन बोलाउनका लागि नै लडाई् गर्नुपर्ने थिएन की ?









प्रतिक्रिया दिनुहोस्