काठमाडौं, मंसिर १३ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली रूस र सर्वियाको भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।
मन्त्री ज्ञवाली भ्रमण तालिका छोट्याएर पूवनिर्धारित कार्यक्रम भन्दा दुई दिन अघि नै स्वदेश फर्किएका हुन् ।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको बताए ।
उनले भ्रमण नै छोट्याएर फर्कनु पर्ने त्यस्तो परिस्थिति के हो भन्नेबारे भने प्रष्ट पारेनन् ।
मन्त्री ज्ञवाली शनिबार रूस गएका थिए । मस्कोमा उनले रूसी समकक्षी सर्गेई लाभरोभसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा उनले रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए ।
रूस भ्रमण सकेर सर्विया गएका परराष्ट्र मन्त्री ज्ञवालीले आज सर्वियाली राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो ।









प्रतिक्रिया दिनुहोस्