
काठमाडौं । तप् तप् पानी छतबाट एकहोरो चुहिरहेको छ । भग्नावशेष भवनको संरचना कतिखेर ढल्छ त्यसको ठेगान छैन । भुइँमा इँटा र काठ छरपस्ट छन् । बटुकहरु सुत्ने खाट भग्नाशेषको कब्जामा परेझै देखिन्छ ।
भग्नाशेषमा हराइरहेको छ, नेपालकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको इतिहास । ३०३ वर्ष पहिले महोत्तरी जिल्लाको मटिहानीमा १७७५ सालमा जयकृष्ण दासले संस्कृत पाठशालाको नामले स्थापना गरेका थिए । शिक्षा विभागको तथ्यांकमा यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ । शिक्षा सेवा आयोगको प्रश्नमा नेपालको पहिलो विद्यालय कुन हो भनेर २०७२ सालाबट सोध्न थालिएको छ । उत्तरमा राजकीय संस्कृत मावि मटिहानी हो भनेर दिइन्छ ।
प्रतिक्रिया दिनुहोस्