श्रीमान् अदालतमा पेश गर्ने दिन शिल्पाले लेखिन, ‘रिसमा पछाडि र डरमा अगाडि नहेर्नु तर जागरुकतामा चारैतिर हेर्नु’ « Image Khabar


श्रीमान् अदालतमा पेश गर्ने दिन शिल्पाले लेखिन, ‘रिसमा पछाडि र डरमा अगाडि नहेर्नु तर जागरुकतामा चारैतिर हेर्नु’


Border circle
Imagekhabar

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीले श्रीमान पक्राउ परेपछि लामो स्टाटस लेखेकी छिन् । श्रीमान पक्राउपछि सामाजिक सञ्जालबाट टाढिएकी शिल्पाको इन्स्ट्राग्राममा लामो स्टाटस आएको हो ।

अश्लिल फिल्म बनाएको आरोपमा श्रीमान् राज कुन्द्रा पक्राउ परेपछि सेठ्ठीको सामाजिक सञ्जालमा पहिलो पोष्ट आएको हो ।

व्यापारी राज कुन्द्रालाई प्रहरीले अश्‍लील फिल्म बनाउने र एपमा रिलीज गरेको आरोपमा पक्राउ गरेको थियो। अदालतले उनलाई जुलाई २३ सम्म पुलिस कस्टडीमा राख्न आदेश दिएको छ । राजको अदालतमा आज पेशी हुनेछ।

शिल्पाले एक पुस्तकमा लेखिएको जेम्स थर्वरकोको भनाइलाई फोकस गरेर सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘रिसमा पछाडि तथा डरमा अगाडि नहेर्नु तर जागरुकतामा भने चारैतिर हेर्नुपर्दछ । हामी रिसमा उनीहरुलाई पछाडि फर्केर हेर्छौ, जसले हामीलाई चोट दिएको छ, जो निराहा हामीले महसुस गर्र्यौ र जो दुर्भाग्य हामीले सह्यौं ।’

शिल्पाले आफ्नै सबै शुटिङ स्थगित गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्