२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


म्याग्दी– अक्सिजनमा आत्मनिर्भर


0
Shares

म्याग्दी । म्याग्दी जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो ।

देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भईरहेको बेला म्याग्दी जिल्ला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजनको उत्पादन हुन थालेको हो ।

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनु पर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको बताउनुभयो ।

अस्पतालका सबै शैयामा पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएको र निर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पारिरहेको उहाँले बताउनु भयो ।