डडेल्धुरा, मंसिर १२ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले भारतको हस्तक्षेपविरुद्ध बिहीबार डडेल्धुरामा विरोध प्रदर्शन गर्दै कालापानीसम्मको यात्रा सुरु गरेको छ ।
जनमोर्चाले भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने र सुगौली सन्धि पुनरावलोकन गर्नुपर्ने भन्दै सरकारले भारतसँग वार्ता र संवादमार्फत् अतिक्रमित भूमि फिर्ता गराउन पहल थाल्नुपर्नेमा जोड दिएको छ ।
राष्ट्रिय झन्डा हातमा लिएर मोटरसाइकल र्यालीका साथ डडेल्धुराबाट ‘मार्चपास’ अभियान बैतडी हुँदै दार्चुला पुगी समापन गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्