Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


चितवनमा मृत भेटिएका पुरुष सेनाको हुद्दा भएको खुलासा


0
Shares

चितवन । भरतपुर–१७ मा मृत भेटिएका पुरुष नेपाली सेनाका हुद्दा रहेको खुलेको छ ।

मृतक पुरुष धादिङ निलकण्ठ नगरपालिका घर भइ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत ३६ वर्षीय भरत गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको डिएसपी थापाले बताउनुभयो । हत्या वा आत्महत्या हो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको उहाँको भनाइ छ ।