
काठमाडौं, मंसिर १२ । संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले नेपालको हितविपरीत गरिएका सन्धि, सम्झौता र भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
समितिमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा संयुक्त, विश्व हिन्दु महासंघलगायत आवद्ध छन् ।
समितिले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आन्दोलनमा उत्रन सबैसँग आग्रहसमेत गरेको छ ।
जनआन्दोलन संयोजन समितिका अध्यक्ष शेखरचन्द्र रायमाझीले मुलुकलाई विघटनको बाटोेबाट जोगाउन र स्वाधिनताको रक्षाका लागि आन्दोलनको विकल्प नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्