
काठमाडौं । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एसोसियसन (डीएलए) को अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी विजयी भएका छन् ।
नवलपुरको गैंडाकोटमा भएको डीएलएको १० औँ राष्ट्रिय अधिवेशनले अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिकारीले ४ सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी सिताराम केसीले ३ सय ३४ मत प्राप्त गरे ।
अध्यक्षका अर्का उम्मेदवार रामकुमार श्रेष्ठले ४२ मत मात्र प्राप्त गरे ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।
त्यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश नम्बर १ बाट मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्