 
	    काठमाडाै । आसन्न ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग गर्दै ललितपुरका चार वटा फुटबल क्लबले ज्ञापन पत्र बुझाएका छन्।
असोज ३ गतेदेखि हुने भनिएको ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘ए’ डिभिजन क्लबहरु थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेटेर प्रतियोगिता रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
कोभिडको भयावह स्थितिका कारण लिग आयोजना गर्न कुनै हालतमा उपयुक्त नदेखिएको भन्दै चार क्लबले संक्रमण दरमा कमि आएपछि मात्र लिग सञ्चालन गर्नुपर्ने बताएका छन् ।
गत असार १४ गते एन्फामा भएको ‘ए’ डिभिजन क्लबको बैठकले सहिद स्मारक लिग असोज ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। एन्फाले साउन १० गतेभित्र टिम दर्ता गर्न ‘ए’ डिभिजन क्लबलाई अनुरोध गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्