ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति « Image Khabar


ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति


Imagekhabar
५ श्रावण २०७८, मंगलवार १३:२१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा उहाँहरुबीच असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । उहाँहरूबीच सरकारमा विभिन्न दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायत विषय पनि छलफल भएको छ ।

यसअघि आजै बिहान अध्यक्ष दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेट गर्नुभएको थियो । उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्