२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


अमेरिकाको जंगलमा भीषण आगलागी


0
Shares

एजेन्सी । अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी भएको छ ।

आगलागीका कारण जंगल आसपासका १ सय ६० घर जलेर नष्ट भएका छन् भने २ हजार भन्दा बढी सर्वसाधारण बिस्थापित भएका छन् ।

दुई हजार अग्नी नियन्त्रक परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । ओरेगन राज्यको इतिहासमा भएको यो नै भीषण आगलागी हो ।

अत्यधिक गर्मी र तातो हावाकाबीच जंगलमा आगलागी भएको बुझिएको छ । यो बर्षमात्रै अमेरिकाको बिभिन्न राज्यको जंगलमा लागेको आगोका कारण लाखौं हेक्टर जंगल सखाप भएको छ ।