माउण्ट एभरेष्ट फेसन रनवे सेप्टेम्बर २२ मा « Image Khabar


माउण्ट एभरेष्ट फेसन रनवे सेप्टेम्बर २२ मा



काठमाडौं । माउण्ट एभरेष्ट फेसन रनवेको दोश्रो सिजन आगामी सेप्टेम्बर २२ मा आयोजना गरिने भएको छ ।

सोमबार काठमाडौंमा आयोजक के फिल्म्स प्रालिले पत्रकार सम्मेलन गरी आगामी सेप्टेम्बर २२ मा माउण्ट एभरेष्ट फेसन रनवेको दोश्रो सिजनको घोषणा गरेको हो ।

कार्यक्रममा स्वदेशी एवं विदेशी १४ मोडलले नेपाली डिजाइनर रमिला नेमकुलले नेपाली कच्चा वस्तु प्रयोग गरी वातावरण अनुकूल डिजाइन गर्नुभएका ड्रेसमा मोडलिङ्ग गर्ने जनाइएको छ ।

करिब २ सय विशिष्ट दर्शकमाझ हुने कार्यक्रम पंकज के गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनले सञ्चालन गर्ने जनाइएको छ । यो फेसन सो ले नेपाली पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।