Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


प्रधानमन्त्रीको उच्चमनोबल हामी सबैको प्रेरणा : मुख्यमन्त्री पौडेल


0
Shares

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताए ।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले आज स्वास्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

Skip This